


काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफ इन्सुरेन्सले २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ८७.३५ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १५ करोड १ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा यसको खुद नाफा बढेको हो । एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी ४६.६६ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ७८ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको थियो । खुद बिमा शुल्क आर्जन ७.०५ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ५० प्रतिशतले बढेर ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९ पैसाले बढेर ९ रुपैयाँ ५३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७२ पैसा छ ।

अर्थ सन्जाल