


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा बालुवाटार ४, काठमाण्डौस्थित स्थित महेन्द राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैशाख २८ गतेका दिन स्कूल व्याग वितरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २०० थान स्कूल व्याग , २०० वटा कापी तथा २०० वटा कलम वितरण गरेको हो ।
सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र महेन्द राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङ को उपस्थिति रहेको थियो । सो व्याग वितरण कार्यक्रमले त्यस विद्यार्थीहरुमा निकै हर्ष र सकारात्मक उर्जा थपिएको अनुभुति पाइएको बैंकले जनाएको छ ।
बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

अर्थ सन्जाल