प्रभु बैंक र चिरायु हस्पिटलबीच विशेष छुट सम्झौता

काठमाडाैं । प्रभु बैंक लिमिटेड र चिरायु हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट बिच ग्राहकहरूलाई अस्पतालकाे सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झाैता भएकाे छ।

बैंकका ग्राहकहरू, कार्ड प्रयाेगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले अस्पतालबाट उपचार सेवा लिँदा अन्तरङ्ग तथा बाहिरङ्ग सेवामा (ओपिडि टिकट) बाहेक रेडियोलाेजी, प्याथाेलाेजी, फार्मेसी ,फिजियाेथेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

छुट सेवा प्राप्त गर्नका लागि प्रभु बैंककाे मान्य डेबिट, क्रेडिट तथा प्रिभलेज कार्ड मध्य कुनै एक पेश गर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *