


काठमाडाैं । विश्वका दुई सयभन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी-ईसेवा मनि ट्रान्सफर पाँचौँ वर्षमा प्रवेश गरेको छ । सो रेमिट्यान्स कम्पनीले विभिन्न मुलुकबाट ४५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ ।
अग्रणी फिनटेक कम्पनी, एफवान सफ्ट ग्रुपअन्तर्गत २०७७ वैशाख ३० मा डिजिटल रेमिट्यान्स कम्पनीका रूपमा यो स्थापना भएको थियो ।
डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु, १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट साथै इसेवा वालेटबाट सहजै उपभोक्ताहरुले ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ लिइरहेकाे कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्ना एजेन्ट नेटवर्कलाई पनि वृद्धि गर्दै देशका हरेक गाउँ-शहरमा सेवा विस्तार गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘कार्य सञ्चालनको ४ वर्षमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिष्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरूको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुसी र उत्साहित छौँ। हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई दिन चाहन्छु ।

अर्थ सन्जाल