


काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७२५ रुपैयाँ कायम भएको छ ।
Artha Sanjal

अर्थ सन्जाल