काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले २६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसैअवधिमा यो संस्थाले ३२ करोड ९२ लाख रुपैयाँ नाफामा थियो ।
खुद ब्याज आम्दानी १ अर्ब १९ करोडबाट घटेर १ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ । यस इम्पेयरमेन्ट चार्ज पनि ३१ करोड ७२ लाखबाट बढेर ४६ करोड ७३ लाख रुपैयाँ पुगेको छ । जस कारण नाफामा गिरावट देखिएको हो । हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा १ अर्ब २७ करोड २० लाख रुपैयाँ जम्मा छ।
यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी २६.३७ रुपैयाँ छ । यसको प्रतिसेयर नेटवर्थ भने २४३.०५ रुपैयाँ देखिएको छ । यस संस्थाको एनपीएल ४.९१ प्रतिशत विन्दुबाट घटेर ४.७९ प्रतिशत विन्दुमा झरेको छ ।