उन्नति सहकार्य लघुवित्तले कमायाे करिब एक करोड रूपैयाँ नाफा

काठमाडौं। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले ९८ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत वर्षको यसैअवधिमा यो संस्थाले ४ करोड ४७ लाख ७० हजार रुपैयाँ घाटामा थियो । खुद ब्याज आम्दानी ११ करोड ३२ लाखबाट बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यस इम्पेयरमेन्ट चार्ज ३ करोड २८ लाखबाट घटेर ६३ लाख कायम भएको छ । जस कारण नाफामा सुधार देखिएको हो ।

हाल यस संस्थाको चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा ११ करोड २१ लाख रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी ५.३२ रुपैयाँ छ । यसको प्रतिसेयर नेटवर्थ भने १४५.१३ रुपैयाँ देखिएको छ । यस संस्थाको एनपीएल १३.४७ प्रतिशत विन्दुबाट घटेर ५.५४ प्रतिशत विन्दुमा झरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *