काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यो गत वर्षको यसैअवधिको तुलनामा १७८३.३६ प्रतिशतले धेरै हो । यस संस्थाले गत वर्ष १७ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको इम्पेयरमेन्ट चार्ज घट्दा र खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।
यसले चैतसम्म २८ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोेहि अवधिमा कम्पनीको मुनाफा १८ करोड ६१ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो । इम्पेयरमेन्ट चार्ज ६ करोड ३२ लाखबाट घटेर ५ करोड ८१ लाख कायम भएको छ । हाल यस संस्थाको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा २९ करोड ८१ लाख रुपैयाँ जम्मा छ ।
यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी ५.९४ रुपैयाँ रहेको छ। यसको प्रतिसेयर नेटवर्थ भने १४६.९१ रुपैयाँ देखिएको छ । संस्थाको एनपीएल ७.९१ प्रतिशत विन्दुबाट बढेर ८.११ प्रतिशत विन्दुमा पुगेको छ ।