


काठमाडौं। प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको ११ करोड ६१ लाख रुपैयाँको तुलनामा २३७.१८ प्रतिशतले बढी हो ।
खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी सुधार भएपछि खुद नाफामा आकर्षक वृद्धि भएको हो । यसअवधिमा खुद बिमा शुल्क आम्दानी २१.५४ प्रतिशतले बढेर ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
तेस्तै, लगानी तथा कर्जाबाट आम्दानी पनि ४८.३०प्रतिशतले बढेर ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
प्रभुको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ छ भने हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने तयारी गरिरहेको छ । खुद नाफामा उच्च वृद्धि हुँदा प्रतिसेयर आम्दानी पनि २६.८८ रुपैयाँले बढेर ३७.९३ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २२४.६७ रुपैयाँ छ ।

अर्थ सन्जाल