


काठमाडौँ । नेपाल बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Artha Sanjal

अर्थ सन्जाल