


काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार ५ .६३ अंकले बढेर १९६६ को विन्दुमा कायम भएको छ ।
आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोल्टी होटल्सको १४ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८.४८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ सन्जाल