काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक भएको बताएका छन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको प्रिबजेट छलफलमा उनले बजेटले अर्थतन्त्रमा देखिएको संकट सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
अर्थमन्त्री वर्षमान समेतको सहभागिता रहेको उक्त छलफलमा आफ्नो धारणा राख्दै अग्रवालले निजी क्षेत्रको मनोबल माथि नउठेसम्म सरकार पनि सफल हुन नसक्ने बताए । उनले विगतमा लिइएका गलत नीति सच्याउन समेत
अर्थमन्त्रीसमक्ष माग गरेका छन् ।
त्यस्तै, पुराना कानुनी झन्झटका कारण व्यवसायी र निजी क्षेत्रलाई दु:ख दिन नहुने उनको भनाइ रहेको छ।
Artha Sanjal
अर्थ सन्जाल