काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन छ।
चैत मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६४ करोड ५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ८० करोड ३९ लाख रुपैयाँ र सञ्चालन मुनाफा २५ करोड ६२ लाख रुपैयाँ रहेको छ।
लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ। प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५८ पैसा रहेको छ।
यस अवधिसम्ममा संस्थाले १७ अर्ब १६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २० अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
संस्थाको चुक्ता पूँजी १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ।
अर्थ सन्जाल