राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, कसलाई कुन विभाग ?

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर  भएको छ।

आज अर्थात्  वैशाख  २६ गतेदेखिनै लागु हुने गरि ६ वटा विभागका कार्यकारी निर्देशकहरुको सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जस अनुसार नेपाल रास्ट्रबैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभागमा सरुवा भएका छन् । वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेललाई सुपरिवेक्षण विभागमा तानिएको छ ।

त्यस्तै, मानव संशाधन विभागका प्रमुख मुकुन्द कुमार क्षेत्री लाई  सूचना प्रविधि विभागमा सरुवा गरिएको छ भने सूचना प्रविधि विभागका प्रमुख नरेश शाक्य मानव संशाधनमा विभागमा तानिएको छ ।

त्यस्तै, लघुवित्त सुपरिवेक्षण विभागमा प्रमुख  रेवती प्रसाद नेपाललाई आन्तरिक लेखा विभागमा  सरुवा गरिएको छ  भने आन्तरिक लेखा विभागका प्रमुख बिमलराज खनाल लघुवित्त सुपरिवेक्षण विभागमा तानिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *