काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २६ गते बुधबार अन्तिम दिन हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, आजसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।
यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत (१:०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
अर्थ सन्जाल