काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।
संस्थाको खुद ब्याज आम्दानी ३१.५३ प्रतिशत बढेर ९ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाले ७ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
सञ्चालन मुनाफा ४४.२९ प्रतिशत बढेर ३ करोड ५३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा संस्थाको यस्तो नाफा २ करोड ४४ लाख थियो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ८३ पैसा बढेर २० रुपैयाँ ४४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४८.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा रहेको छ।
१९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ६० लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ५४ करोड रुपैयाँ सापटी तथा ९७ करोड ९५ लाख रुपैयाँ निक्षेपबाट २ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।