काठमाडौं । विगत ६ महिनादेखि ढाडमा भएको ट्युमरको कारणले ४० वर्षीय शेरबहादुर विकका दुबै खुट्टा नचल्ने भएका थिए । अछामको ढकारी गाउँपालिका-६ निवासी विकका दुबै खुट्टा नचल्ने भएर जीवन र मृत्युसँग लडिरहेका बेला उपचारका लागि समाजसेवी दिनेशबहादुर विकले काठमाडौं बाेलाएका हुन् ।
दुबै खुट्टा चल्न नसकेपछि घरमै थला परेका विकको आर्थिक अवस्था निक्कै कमजोर भएकाले उपचारका लागि अस्पताल जान सक्ने अवस्थामा थिएन् ।
आर्थिक अवस्था कमजोर भएका विकलाई वीर अस्पतालमा सम्पूर्ण उपचार नि:शुल्क गर्न समाजसेवी दिनेशले डाक्टरलाई आग्रह गरे । आग्रहपछि वीर अस्पतालका डाक्टर सुशील मोहन भट्टराईको टिमले उनको अप्रेसन गरेका हुन् ।
उनको अप्रेसन सफल भएपछि अहिले शेरबहादुर विक दुबै खुट्टाले हिड्न सक्ने भएका छन् । उनको स्वस्थ्य अवस्था पहिलेकोभन्दा अहिले धेरै सुधार आएकाे छ ।
दिनेशबहादुर विक भन्छन्, ‘गरिब दु:खीको भगवान डाक्टर जनिथ सिंहलाई हार्दिक नमन म त एक माध्यम मात्र हुँ, सधैं यस्तै गरिब दुखीको सहारा भएर जिउन मन छ ।’
खकेन्द्र बहादुर बुढा