सयको नोटमा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयप्रति भारतको विरोध

काठमाडौँ।   सयको नेटामा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयप्रति प्रारम्भिक रूपमै भारतीय उच्चतहबाट प्रतिक्रिया सार्वजनिक भएको छ।

बिहीबार मन्त्रिपरिषदले चार वर्षअघि संविधानको अनुुसूची संशोधनमार्फत नेपाली नक्सामा समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको चुच्चे नक्सालाई सयको नोटमा राख्ने निर्णय गरेको थियो।

भारतको उपस्थिति रहेको उक्त क्षेत्रलाई आफ्नो नक्सामा पार्ने नेपालको निर्णयप्रति त्यतिबेलै असहमति जनाएको भारतले नोटमा उक्त फोटो राख्ने निर्णयप्रति प्रारम्भिक रूपमै उच्च तहबाट विरोध जनाएको हो।

शनिबार भुवनेश्वरी पुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको निर्णयले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया जनाएका छन्।

भारतीय सञ्चार माध्यम इण्डियन एक्सप्रेसले जयशंकरको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘ हाम्रो अडान एकदमै स्पष्ट छ। नेपालसँग हाम्रो सीमाका विषयमा स्थापित मञ्चमार्फत् छलफल भइरहेको छ। यही अवस्थामा नेपालले एक पक्षीयरूपमा निर्णय लिएको छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *