नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि ओलिले पाएको जनमतको अपमान गरेर संविधान विपरीत चलेपछि बर्तमान गठबन्धन निर्माण भएको बताउनु भएको छ । आज नेपालि कांग्रेस काठमाडौ क्षेत्र नं १० ले किर्तिपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिहले यस्तो बताएका हुन् ।
यो गठबन्धन कांग्रेसको चाहाना नभई मुलुकलाई निकास दिन समयको माग र मुलुको आवस्यकताका आधारमा निर्माण भएको बताएका छन् । स्थानीय चुनावमा गठबन्धन के गर्ने भन्ने बिषयमा कार्यकर्ता र सुभचिन्तकहरु सितको फिट ब्याकका आधारमा केन्द्रीय समिति बसेर आधिकारिक धार्णा ल्याउने समेतबताएका हुन ।
कांग्रेस बिपक्षी दलकै रुपमा काम गरिरहेको थियो भन्दै केपि ओलि सरकारले गरेको असंबैधानिक कदमबाट मुलुकलाई निकास दिन समयको माग बमोजिम कांग्रेसले जिम्मेवारी लिएको भन्दै आफ्नो असक्षमता लुकाउन अनावश्यक हल्ला चलाइएकाले तिनकोपछि नलागि जनताको घर-घरमा पुगेर बास्तबिकता बुझाउन समेत कार्यकर्तालाई आग्रह गरेका छन् ।
मुलुकमा संकट पर्दा कांग्रेसको काधमा जिम्मेवारी आउने गरेको र संकटबाट मुलुकलाई निकास दिन कांग्रेस कुसलता पुर्बक नेत्रित्व गरेर देखाए भन्दै अरु जस्तो सत्तामा हुदा एउटा कुरा सत्ता बाहिर हुदा अर्को कुरा गरेर जन्ता लाई भ्रममा राख्ने काम कांग्रेसले नगर्ने बताउनुभयो । देश र जनताको हित हुने कुरा मा चाहे सत्तामा हुदा होस या सत्ता बाहिर कांग्रेस आफ्नो बोलिमा पक्का रहने गरेको कुरा ख्याल गर्न समेत आग्रह गर्नु गरेका छन ।
कांग्रेस अरु दल जस्तो गयर जिमेवार बन्न नसक्ने भन्दै लोकतन्त्रका लागि आजसम्म कांग्रेसले खेलेको भुमिका जनता र मुलुको हितमा कांग्रेसले लिएको अडान लियर जनता सामु जान पर्ने समेत बताउनु भएको छ । अहिले संघियताको बिषयमा प्रस्न उठ्ने गरेको भन्दै बिगतको सरकारको असक्क्षमताका कारण संघियता माथि प्रश्न उठेको समेत बताए ।
फरक प्रंसगमा बोल्द कम्युनिस्टहरु भ्रमको खेति गर्न सिपालु छन् भन्दै कांग्रेसका जनप्रतिनिधि र कांग्रेसको अगुवाइमा भएका कामका बारे प्रचार प्रसार गरेर कांग्रेसको पकक्षमा मत माग्न समेत कार्यकर्ताहरुलाई निर्देसशन दिनुभयो । सार्वजनिक रुपमा उठेका हरेक सवालमा कांग्रेसका बारे स्वस्थ सवाल जवाफमा उत्त्रन समेत आग्रह गर्नु भएको छ । बिगतका अनुभवबाट पाठ सिकेर यस पटक समयमा नै विधि सम्वत रुपमा उमेदवार तय गरेर पाटि अघि बढ्ने भन्दै कांग्रेसका पकक्षमा चुनावी माहोल निर्माण गर्न समेत निर्देशन दिए ।








