काठमाडौं । चौधरी समूहद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहद्वारा आक्रमण भएको छ ।
आज दिउँसो ३ बजे बा. ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत पुरुष र महिला कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्ति तोडफोड गरेको कम्पनीका प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिए ।
‘नेपाल सरकार मुर्दावाद’ भन्दै उनीहरुले सीजीका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहार प्रदर्शन गरेको पौड्यालद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्पनीमा कार्यरत महिला कर्मचारीहरू आफैं प्रतिकारमा उत्रिएपछि भने आक्रमणकारी पछि हटेको पौड्यालले बताए। घटना भएलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमणकारीलाई पक्राउ गरेको छ ।
यस किसिमको घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै कम्पनीले यसमा संलग्नलाई कारबाहीका लागि सरकारसँग अनुरोध समेत गरेको छ ।
अर्थ सन्जाल