सहकारी ठगी प्रकरण: आफ्नै सांसदमाथि निष्पक्ष छानबिन गर्न राप्रपाको माग

काठमाडौँ । सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी राप्रपाकी सांसद गीता बस्नेतमाथि छानबिन गर्न राप्रपाले माग गरेको छ ।

राप्रपाको बिहीबार बसेको बैठक कार्यसम्पादन समितिको बैठकले आफ्नै सांसद बस्नेतमाथि छानबिनको माग गरेको हो।

राप्रपाले निष्पक्ष छानबिनको लागि सरकारसँग माग गर्दै सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदहरुलाई समेत निर्देशन दिएको छ । त्यस्तै राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिनको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *