काठमाडौं । प्रभु इन्स्योरेन्सको नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीको २८औं वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि नयाँ सञ्चालक समिति चयन गरेको हो ।
सभाले कम्पनीको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यस्तै, सभाले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ ।
कमपनीle बैशाख २० गते २८औं वार्षिक साधारण सभा सम्पन्न गरि सञ्चालक समितिले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर वापत ०.२५ प्रतिशत नगद लाभांश समेत जम्मा ५ प्रतिशत लाभांश वितरण लगायतका प्रस्ताव पारित गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल