काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.३१ अंकले घटेर १ हजार ९९८.९६ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज १३ वटा समूहमध्ये २ वटा समूह बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज लघुवित्त समूह ३.४५ प्रतिशत र व्यापार समूह ०.०६ प्रतिशतले बढेका छन् ।
बैंकिङ समूह ०.८२ प्रतिशतले घटेको आज विकास बैंक २.०३,वित्त ०.४६, होटल ०.४६, हाईड्रो १.११, लगानी ०.२०, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.०४, म्युचुअल फण्ड ०.३६, निर्जीवन बीमा ०.९७ र अन्य सूचक ०.७८ प्रतिशतले घटेका छन् ।
आज आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएकाे छ । यो कम्पनीको आज २८ करोड ७७ लाख बढीको सेयर कारोबार भएकाे हाे । त्यस्तै पोखरा फाइनान्सको २१ करोड ७८ लाख,गोर्खाज फाइनान्स १५ करोड ८० लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १३ करोड १७ लाख र नेपाल फाइनान्सको १० करोड ५६ लाख बढीको सेयर कारोबार भएका छन् ।