कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेज भरतपुरमा निःशुल्क दन्त शिविर हुने भएको छ । विश्व मुख स्वास्थ्य दिवस ९ओरल हेल्थ डे को अवसर पारेर भोलि आईतबार शिविर आयोजना गरिएको हो । शिविरअस्पतालको दन्त रोग भवनमा हुनेछ ।
डेण्टल विभागका डा सफल ढुंगेलका अनुसार बिहान ९ बजेबाट साँझ ५ बजेसम्मशिविर संचालन गरिनेछ। शिविरमा ओपिडि टिकट, दाँत निकाल्ने, दाँतको सामान्य भराई, परामर्श निःशुल्क दिईने छ भने अन्य सेवाहरुमा १० प्रतिशतको छुटको व्यवस्था रहेको डा ढुंगेलले जानकारी दिए ।
अस्पतालले विभिन्न अवसरमा अस्पताल तथा समुदायमा पुगेर शिविरहरु संचालन गर्दै आएको छ । दिवसको अवसरमा आईतबार बिहान जनचेतनामूलक र्याली समेत आयोजना गरिएको छ ।






