काठमाडौं। सामाजिक अभियन्ता डिल्लीराम खनाल पक्राउ परेका छन् ।
एक मिडियामा खनालले वर्तमान गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा फरार रहेका जिबी राईको हत्या गरेको भनेर गम्भीर आरोप लगाएका थिए ।
उनको उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि खनालले अफवाह फैलाएको भन्दै उनलाई पक्राउ गरेको छ । खनालले आफ्नै नामको युट्युब च्यानलमा समेत जिबी राईलाई गृहमन्त्री लामिछाने र आइजिपी वसन्तराज कुँवरले मारिसकेको भनेर बोलेको भिडिओ राखेका छन् ।