काठमाडौँ । ‘सिधा कुरा डट कम’ विरुद्ध दायर भएको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार अर्थात् आजलाई पेसी तोकिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो । यसअघि अदालतले विपक्षीको बयान लिएको थियो ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा नामक युट्युब च्यानल लगायतविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गराएका हुन् ।
Artha Sanjal
अर्थ सन्जाल