काठमाडौं । चौधरी ग्रुपले वाईवाईको गुणस्तरबारे भ्रममा नपर्न आग्रह गरेको छ । आज एक भिडिओ सन्देश जारी गर्दै चौधरी ग्रुपले वाईवाई ब्राण्डबारे प्रष्टीकरण दिएको हो ।
चौधरी ग्रुपका अनुसार वाईवाईको आफ्नै टोटल क्वालिटी म्यानेटमेन्ट सिस्टम (टीक्युएम) छ । साथै, आफ्नै रिसर्च एण्ड डेभलपमेन्ट विभाग रहेको छ । चौधरी ग्रुपसँग ६० भन्दा बढी क्वालिफाइड फुड टेक्नोलजिष्ट रहेका छन् । उपभोक्ताको स्वाथ्यमा वाईवाई सदैव गम्भीर रहेको चौधरी ग्रुपले जनाएको छ । वाईवाईको उच्चतम् गुणस्तरीय मापदण्डहरु पूरा गर्न खाद्य प्राविधिकहरुले नियमित शुक्ष्म जाँच गर्ने गरेका छन् ।
वाईवाईको म्यानुफ्याक्चरिङ इन्भाइरोन्मेट पूर्णतः फुड सेफ्टी म्यानेजमेन्टको रुल्सभित्र रहेको चौधरी ग्रुपको दाबी छ । ६० भन्दा बढी क्वालिफाइड फुट टेक्नोलजिष्टहरु पूर्ण रुपले व्यवसायिक भई काम गरिरहेका बताइएको छ ।
साथै, वाई वाईसँग आइएसओ २२०००ः २०१६ को सर्टिफिकेट पनि रहेको छ । वाई वाई विश्वका ४० देशहरुमा उपलब्ध रहेको र अन्य देशमा फैलने क्रम जारी रहेको चौधरी ग्रुपले बताएको छ ।
अर्थ सन्जाल