बुटवल । अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक पटक करणी गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एक महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
एकल महिलालाई ब्ल्याक मेल गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।
जबरजस्ती करणी अभियोगमा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पिडित महिलाले दिएको उजुरीको आधारमा पक्राउ प्रहरी जानकारी दिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल