


काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनको अवलोकनका लागि भारतीय जनता पार्टी (भाजपा)ले नेपालका ५ राजनीतिक दललाई नसम्ता दिएको छ । तर हिन्दुवादी पार्टीका रुपमा चिनिएको भाजपाले नेपालमा हिन्दुराज्य स्थापनाको प्रमुख एजेन्डा बोकेको पार्टी राप्रपालाई भने निम्तो दिएको छैन ।
भाजपाले नेपालका राजनीनिक पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्तो गरेको छ। साथै सबै पार्टीहरुलाई आज बिजेपी मुख्यालयमा उपस्थित हुन समेत आग्रह गरिएको छ।
भाजपाले नेपालसहित १० देशका १८ वटा राजनीतिक दलहरुलाई निम्तो दिएको छ।
भाजपाका विदेश विभाग इन्चार्ज डा. बिजय चौथाइवालेले एक विज्ञप्तीमा सार्वजनिक गर्दै नेपालका पाँच दललाई निम्ता गरिएको उल्लेख गरेका छन् । भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको हो।
निम्तो गरिएकाहरुले भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नेछन् । त्यस्तै भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताईएको छ।

अर्थ सन्जाल