


काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य आज घटेको छ । आज सुनको मुल्य तोलामा २७ सयले घटेकाे हाे ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।
Artha Sanjal

अर्थ सन्जाल