सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्कीशाखा कार्यालयले बैशाख १८ गतेका दिन मृतकका परिवार तथा अन्य आफन्तहरुको उपस्थीतीमा मृत्यूदावी रकम भुक्तानी गरेको हो।

कम्पनीमा बीमित स्वर्गिय शिद्ध बहादुर लोहारले बैदेशिक रोजगारी म्यादी जीवन बीमाको बीमाङ्क १० लाख रुपैयाँ राखी बीमा गरेका थिए ।

उनको बैदेशिक रोजगारीको शिलशिलामा दुबैमा ज्यान गुमाएपश्चात आवश्यक प्रक्रिया पुरा गरी कम्पनीले बीमा दावी वापतको १३ लाख रुपैयाँ स्वर्गिय सिद्ध बहादुर लोहारको श्रीमति रत्ना लोहारलाई कम्पनिका लम्की शाखा प्रमुख डम्बर बहादुर न्यौपाने हस्तान्तरण गरेका हुन् ।

उक्त मृत्यु दावी भुक्तानी कार्यक्रममा लम्की शाखा प्रमुख डम्बर न्यौपाने , मृतकका आफन्त लगायत लम्की शाखाका कर्मचारीहरु तथा अभिकर्ता हरुको उपस्थिति रहेको थियो ।

उक्त मृत्यु दावी भुक्तानी कार्यक्रममा लम्की शाखा प्रमुख डम्वर बहादुर न्यौपानेले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *