लगानी सम्मेलनबाट अपेक्षा अनुसारको लगानी आउँदैन: नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने बताएका छन्। राजनीतिक स्थायित्वबिना नेपालमा कुनैपनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने बताएका हुन्।

‘कुनै पनि देशले लगानी गर्नुपुर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छु’ कोइरालाले भने, ‘ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रन्छ।’

झापाको गौरादहमा नेपाली काँग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित ‘वीपी स्मृति भवन’ उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकार चलाउन भन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताए।

अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए। राजनीतिक स्थायित्वबिना आर्थिक बिकास नहुने पनि उनले बताए।

यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए। उनले सङ्कटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *