काठमाडौं । धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको दुईवटा नागरिकता लिएको अभियोगमा छानविन माग गर्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दुई वटा नागरिकता लिएकोबारे छानविन गरी कानुनी कारवाही गर्न माग गराएको जि.प्र.का धनुषाले जनाएको छ ।
विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा उल्लेख छ । प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जाहेरी आएको पुष्टि गर्दै आवश्यक प्रक्रिया थालिने बताएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल