काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
उनलाई वैशाख १६ गतेदेखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको कम्पनीले जनाएको छ । बुढाथोकी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका छन् ।
यसअघिका अध्यक्ष डेकिन्द्र कुमार राईको राजीनामा सोहि दिन बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
अर्थ सन्जाल