एसएसपी बसन्त रजौरेले सम्हाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले आज काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

एसएसपी रजौरेले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई ब्रिफिङ गरेका थिए । काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *