सिटिजन लाइफ र खल्तीबीच साझेदारी

सिटिजन लाइफ र खल्तीबीच अनलाइन पेमेन्ट सिस्टमका लागि सम्झौता भएको छ। ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ।

यस साझेदारीले बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरु देखि र हालसालै अनलाईन बीमा दाबी सेवा सञ्चालनमा रहेको छ।

कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ। ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीले जानकारी दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *