


काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख १६ गते) अन्तिम माैका रहेकाे छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । दुवै कम्पनीले (चैत २५ गते) देखि ६१ हजार ७६२ कित्ता सेयर लिलामी सेयर बिक्रीमा ल्याएको हो ।
यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लिलामी आवेदन लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्नुपर्नेछ ।
Artha Sanjal

अर्थ सन्जाल