काठमाडौं महानगरको कार्यालय बिहान ९ बजेदेखि खुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले यसपछि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ ।

वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकाले १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजे खोल्न लागिएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बेलुका भने समय परिवर्तन गरिएको छैन ।

यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *