


काठमाडाैं। नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड १४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नोक्सानी २ करोड २९ लाख रुपैयाँ थियो।
विद्युत बिक्री आम्दानी बढाउन नसकेपनि खर्च नियन्त्रण गरेका कारण कम्पनीको खुद नाेक्सानी घट्न पुगेको हो। कम्पनीको विद्युत बिक्री आम्दानी ०.०८ प्रतिशत मात्र बढेको छ । विद्युत बिक्रीबाट कम्पनीले २ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ ।
भने कुल नाफा ७५.३४ प्रतिशत बढेर १ करोड ७४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कम्पनीको सञ्चालन मुनाफा ४०४.८४ प्रतिशत बढेर ८२ लाख ४४ हजार रुपैयाँ पुगेको छ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ६२ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३३ पैसा रहेको छ। २ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ करोड ५० लाख रुपैयाँ सञ्चित छ।

अर्थ सन्जाल