सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १४ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३५ हजार १५० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यसअघि बिहिबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *