काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३५ हजार ३५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबार भएको थियो ।