


काठमाडौँ । दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद–बिक्री प्रक्रिया कानुनसम्मत नभएको भन्दै स्वीकृति दिन अस्वीकार गरेको छ ।
कारोबार भएको ६ महिनापछि प्राधिकरणले एनसेललाई पत्र पठाउँदै यथास्थितिमा खरिद–बिक्रीलाई स्वीकृति दिन नमिल्ने बताएको हो ।
एनसेलको सेयर विदेशमा बिक्री भएको र यसको जानकारी नेपालका सरकारी निकायलाई नदिएको तथ्य सार्वजनिक भएपछि सरकारले मंसिर २९ मा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।
पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित छानबिन समितिले माघ १५ मा बुझाएको प्रतिवेदनमा यथास्थितिमा सेयर खरिद–बिक्री कारोबार स्वीकार्न नमिल्ने प्रतिवेदन दिएको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरण अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद–बिक्री विनियमावली, २०७६, दूरसञ्चार ऐन र नियमावली एवं अनुमतिपत्रको सर्तमा नै सेयर खरिद–बिक्रीबारे प्राधिकरणलाई जानकारी दिएर पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट रुपमा उल्लेख गरिएको , तर स्वीकृति नलिई सेयर ट्रान्सफर गरिसकेपछि मात्रै प्राधिकरणको स्वीकृतिका लागि निवेदन दिएको देखिएकाले यथास्थितिमा स्वीकृति दिन नसक्ने प्राधिकरणले जनाएको छ ।

अर्थ सन्जाल