काठमाडौं। सेयर बजारमा बुधबार झिनो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ। त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.६० अंकले बढेर ३४८.५५ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा ११५ कम्पनीको सेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको सेयरभाउ स्थिर रहेको छ। आज बजारमा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक किनबेच भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा समूहमात्रै बढेको छ भने अन्य १० वटा समूह घटेका छन्।
त्यस्तै, गुराँस लघुवित्त, स्पोर्ट माईक्रोफाइनान्स, नेपाल फाइनान्स, एनआरएन इन्फास्टक्चर, नारायणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, बोर्टलर्स नेपाल, एलबीबीएल डिभेञ्चर ८९ र जानकी फाइनान्सका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै,पोखरा फाइनान्स १४ करोड ८० लाख रुपैयाँ,गोर्खाज फाइनान्स ८ करोड ४० लाख रुपैयाँ,नेपाल फाइनान्स ५ करोड ७४ लाख रुपैयाँ,पिपुल्स पावर ४ करोड ८१ लाख रुपैयाँ,एनआईसी एसिया बैंक ४ करोड ६३ लाख रुपैयाँ,माई खोला हाइड्रोपावर ४ करोड २६ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ४ करोड ९ लाख रुपैयाँ,मल्टीपर्पस फाइनान्स ३ करोड ६६ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३ करोड ६६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।







