काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेर ४ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १२०.९३ प्रतिशतले बढेर १ करोड ३३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा १.७८ प्रतिशत विन्दुले घटेर १.४७ प्रतिशतमा आएको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ४१ पैसा बढेर १७ रुपैयाँ २८ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ४० पैसा रहेको छ।
९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप १७.८२ प्रतिशत, सापटी ३०.३४ प्रतिशत र कर्जा २४.०२ प्रतिशत बढेको छ।






