सिटिजन लाइफको दुई दिने तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले २ दिने पब्लिक स्पिकीङ तालिम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौं उपत्यकामा रहेका ८ वटा शाखा कार्यालयका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेलले भने, ‘कुनै पनि संस्था र व्यक्तिको विकास तव मात्र सम्भव हुन्छ, जब त्यो व्यक्ति आफैमा सबल अनि सक्षम भई बजारमा आफुलाई स्थापित गर्न सक्छ।’ साथै उनले तालिमबाट प्रशिक्षित भएका अभिकर्ताहरुलाई व्यापार व्यवसाय गर्न थप सहज वातावरण बनेको समेत बताए ।

कार्यक्रममा पब्लिक स्पिकर तथा टुरिस्म सेक्टरका विज्ञ कुल बहादुर गुरुङ, कम्पनीका सतुङ्गल, टोखा, जमल, स्वयम्भु, कलन्की, बालाजु, त्रिपुरेश्वर, कोटेश्वर लगायत ८ वटा ब्रान्चका इमर्जिङ ३५ जना अभिकर्ता (लिडर) हरुलाई उक्त तालिम प्रदान गरेको कम्पनीका सतुङ्गल शाखा प्रमुख जय सिंह भाटले बीमापोष्टलाई जानकारी दिए ।

साथै, उनले इमर्जिङ्ग लिडरहरुलाई कम्पनीका सीईओ पोषक राज पौडेल, चिफ मार्केटिङ अफिसर भुषण रिमाल, चिफ बिजनेश अफिसर सुनिल पोखरेल र तालिम डिपार्ड हेड कुबेर पाठकको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको बताए । कम्पनीले आयोजना गरेको पहिलो चरणको दुई दिने तालिम सम्पन्न भएको र उक्त तालिमलाई आउँदो दिनमा थप व्यवस्थित बनाएर लैजाले कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुको मनोबल तथा क्षमता अभिबृद्धि गर्नको लागि विभिन्न कार्यक्रम तथा तालिमहरु आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *