राष्ट्रिय वाणिज्य बैंकले माग्यो सिईओ पदका लागि आवेदन

काठमाडौं।   राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तीको लागि आवेदन माग गरेको छ । बैंकले रिक्त रहेको सिईओ पदपूर्तिका लागि शुक्रबार सूचना जारी गर्दै आवेदन माग गरेको हो।

बैंकले जारी गरेको सूचना अनुसार व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, लेखा, गणित, प्रशासन तथा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका, सम्बद्ध क्षेत्रमा १० वर्षको कार्यानुभव भएको, राष्ट्र बैंकले तोकेका मापदण्ड पूरा गरेका इच्छुक व्यक्तिले सूचना जारी भएको २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।

राजनीतिक दलको सदस्य नभएको, बैंकसँग ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न भएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणजस्ता अभियोगमा कसुरदार नरहेका, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेकाजस्ता शर्तहरु पालना हुनुपर्नेछ।

इच्छुक आवेदकले दरखास्तका साथ व्यावसायिक कार्यायोजना समेत पेश गर्नुपर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *