


काठमाडौँ । मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्ड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श , प्रशिक्षण तथा विकासका कार्यक्रम संचालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाईनान्स फ्रेन्ड प्रा. लि.सँग समझदारी गरेको जनाएको हो ।
समझदारी पत्रमा बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र फाईनान्स फ्रेन्डका तर्फ बाट अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका हुन्।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
Artha Sanjal

अर्थ सन्जाल