काठमाण्डौ । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (वैशाख ६ गते) अन्तिम दिन रहेको हो ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार वैशाख ७ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।
इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीले आगामी वैशाख २० गते वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ ।