नबिल बैंकले नेपाल मोबाइल वितरक संघमा आबद्ध खुद्रा बिक्रेतालाई कर्जा उपलब्ध गराउने

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्रीवितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ। यसका साथै आफ्नो व्यवसायको आवश्कताबमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।

साझेदारीका बारेमा बस्नेत (डनिल) ले नबिल बैंक सदैव साना तथा मझौलास्तरका व्यवसायीको दिगो विकासका लागि समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढीभन्दा बढी व्यवसायीको पहुँचमा पुर्याउन निरन्तर लागी परिरहेको जानकारी गराए । यस साझेदारीअन्तर्गत संघसँग आबद्ध भएका नेपालभरि छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *