काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडाहरुमा क्यान्सरको नि:शुल्क परीक्षण शिविर सुरु गरेको छ ।
महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी नि:शुल्क परीक्षण शिविर सुरु गरेको हो ।महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ ।
शिविर हुने मिति
वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते
वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते
वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते
वडा नं २६, लैनचौरमा १४ गते
वडा नं २०, भीमसेनस्थानमा १६ गते
वडा नं २१, यंगालमा १७ गते
वडा नं २३, ओमबहालमा १८ गते र
वडा नं १५, स्वयम्भूमा २० र २१ गते
रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते
वडा नं २, लाजिम्पाटमा २४ गते
वडा नं २४, मखनमा २५ गते
वडा नं २२, टेबहालमा २६ गते
वडा नं १८, नरदेवीमा २७ गते
वडा नं १९, कङ्केश्वरीमा २८ गते
शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।
अर्थ सन्जाल